काठमाडौं । सर्वोच्च अदालतले लोक सेवा आयोगका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ ।
लोक सेवा आयोगले हालै गरेको विज्ञापनका सन्दर्भमा परेको मुद्दामा दुबै पक्षसँग संयुक्त छलफल गर्दै सर्वोच्चले समावेशीका आधारमा फेरि विज्ञापन गर्न भनेको हो ।
लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
तीन वटै निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
पहिलो रिटमा मंगलबार लोक सेवा आयोग र बुधबार अरु रिटमा संयुक्त छलफल गरेर यस्तो निर्देशन दिएको हो ।





