नेपालमा कोरोना संक्रमण दर घट्दै


१० भाद्र २०७९, शुक्रबार १७:३० मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here