लोकतान्त्रिक योद्धा सम्मान राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई प्रदान


१० भाद्र २०७९, शुक्रबार १४:५८ मा प्रकाशित

काठमाडौँ ।   प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आफू कमल चित्रकारको प्रेरणाबाट राजनीतिमा आकर्षित भएको बताउनुभयो । उहाँले राजनीतिमा लागेकै कारण चित्रकार जेल बस्नु परेको स्मरण गर्नुभयो । देउवाले कांग्रेसका विचारलाई जनतासम्म पुराउने काममा निडर भएर लाग्ने पत्रकार होमनाथ दाहाल भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह के.सीले लोकतन्त्रको संरक्षण, सम्बर्धन र विकासका लागि समाज क्रियाशील रहेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here