काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ ।
बिहीबार बसेको पोलिटब्यूरो बैठकले तय गरेको एजेन्डामाथि आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।
बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।





