सत्ता गठबन्धनः प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले माग्यो १०० सिट, अन्य दलले कति मागे ?


१० भाद्र २०७९, शुक्रबार ०५:५० मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनका दलहरूले प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि सिट संख्याको दाबी गरेका छन् ।

बिहीबार साँझ बसेको गठबन्धनको बैठक ती दलहरूले सिट संख्यामा आ-आफ्ना दाबी पेश गरेका हुन् ।

बैठकमा सहभागी जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको पुरीले जानकारी दिनुभयो ।

कार्यदललाई प्राप्त जिम्मेवारी अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रबारे समीक्षा गरिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here