इलामको लक्ष्मीपुरमा मलामी बोकेको गाडी दुर्घटना, ११ जना घाइते, ५ जनाको अवस्था गम्भीर


९ भाद्र २०७९, बिहीबार ०७:४१ मा प्रकाशित

इलाम । इलामको लक्ष्मीपुरमा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर रहेको बताइएको छ ।

सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरबाट १५ जना मलामी बोकेर गएको मे १ च ५९९९ नम्बरको पिकअप भ्यान बुधबार अनियन्त्रित भइ सडकमा पल्टिँदा ११ जना घाइते भएका हुन् ।

६ जना सामान्य घाइतेको उपचारका लागि इलाम जिल्ला अस्पताल लगिएको छ भने ५ जना गम्भीर घाइतेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here