काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दैछ।
केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा जानकरी दिन ११ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा जानकारी दिने एजेण्डा रहेको प्रचार विभागका प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
भोलि र पर्सी दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ । यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना हुँदैछन् ।





