काठमाडौं महानगरपालिकाको डोजर आज कोटेश्वर क्षेत्रमा चल्दै


९ भाद्र २०७९, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं । हिजो काठमाडौं मल अगाडिका अनधिकृत संरचना भत्काउन चलेको काठमाडौं महानगरपालिकाको डोजर आज कोटेश्वर क्षेत्रमा चल्ने भएको छ ।

बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना हटाउँदै गरेको काठमाडौं महानगरपालिकाको डोजर आज कोटेश्वरतर्फ सोजिने भएको हो ।

कोटेश्वरमा अवैधानिक तरिकाले सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू आज हटाउने तयारी महानगरले गरेको हो ।

मेयर बालेन्द्र शाहसहितको टोलीले हिजो न्युरोडको काठमाडौं प्लाजा र आर बी कम्प्लेक्समा निर्माण गरिएका अनधिकृत संरचना हटाएको थियो ।

महानगरपालिकाले अनधिकृत संरचनाहरू हटाउन यसअघि नै ३५ दिने सूचना निकालिसकेको जनाएको छ ।

कोटेश्वरमा सडकको पेटी नै च्यापेर पसल सञ्चालन भइरहेको पाइएपछि महानगरले त्यस क्षेत्रमा पनि संरचना भत्काउने तयारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here