आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित


५ भाद्र २०७९, आईतवार ११:५८ मा प्रकाशित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित भएको बुझिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here