कांग्रेस नेता गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ : देउवा


५ भाद्र २०७९, आईतवार १६:४१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिका बैचारिक र समाजवादी चिन्तक गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभएको हो । उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

त्यस्तै गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो । देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उहाँको भनाइ थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताउनुभयो ।

त्यस्तै लोसपाका नेता राजेन्द्र महत्तोले गिरिको निधनले मुलुकले परिवर्तनको पक्षमा आवाज उठाउने व्यक्ति गुमाएको धारणा राख्नुभयो ।

गिरिको गएराती निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here