काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक अहिले केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
क्यान्सरबाट पीडित गिरीको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।





