कांग्रेसका नेता गिरिको निधनबाट देशले एक सिद्धान्तनिष्ठ व्यक्तित्व गुमायोः राष्ट्रपति भण्डारी


५ भाद्र २०७९, आईतवार ०९:०६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनबाट देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनु भएको छ ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here