नेपालमा कोरोना संक्रमण दर घट्दै


४ भाद्र २०७९, शनिबार १८:५८ मा प्रकाशित

काठमाडौँ ।  नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here