प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको प्रदेश १ स्तरीय अधिवेशन बिर्तामोडमा शनिवारदेखि शुरु


४ भाद्र २०७९, शनिबार १८:१६ मा प्रकाशित

बिर्तामोड । नेकपा एमालेको भातृ संगठन प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको प्रदेश १ स्तरीय अधिवेशन झापाको बिर्तामोडमा शनिवारदेखि शुरु भएको छ ।

उक्त अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । इन्जिनियरहरूलाई देशको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न एमालेका नेताहरूले सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका प्रदेश १ इन्चार्ज देवराज घिमिरेले स्थानीय जनताका आवश्यकता हरेर काम गर्न इन्जिनियरहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले एमालेमा लागेका इन्जिनियरहरूले भ्रस्टाचार नगर्न सुझाव दिएका थिए । एमालेका केन्द्रीय नेतृत्वदेखि जिल्ला तथा नगर नेतृत्वतहसम्मका वक्ताहरूको प्रायः उस्तै सुझाव थियो । पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले आफन्त वा आफ्ना वरपरका मानिसहरूका लागि मात्र योजना नबनाउन सुझाव दिनुभयो ।

अधिवेशनमा भाग लिन प्रदेश १ का १४ वटै जिल्लाबाट एमालेमा आबद्ध इन्जिनियरहरू सहभागी भएका छन् । अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here