काठमाडौँ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशन शनिवारदेखि झापाको बिर्तामोडमा शुरु भएको छ ।
अधिवेशन शनिवार र आइतबार दुई दिनसम्म चल्नेछ । उक्त अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष जसमाया गजमेरले बताउनुभयो ।
सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ । अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका साथ झापा जिल्ला अधिवेशन आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनमा ४०१ महिला प्रतिनिधि रहेका छन् । क्षेत्रगत रुपमा आएका प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् ।





