वाइसिएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्ने


३ भाद्र २०७९, शुक्रबार ०९:१३ मा प्रकाशित

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आजबाट काठमाडौंमा सुरू हुँदैछ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। भेलाले नयाँ नेतृत्व चयन गर्नेछ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन्।

भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारित गर्नेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here