कतार विश्वकप फुटबलः अहिलेसम्म २४ लाख ५० हजार टिकट बिक्री


३ भाद्र २०७९, शुक्रबार ०९:०७ मा प्रकाशित

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि आयोजकले २४ लाख ५० हजार टिकट बिक्री गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

जुलाई ६ देखी १६ सम्मको पहिल्लो बिक्री अवधिमा भन्दा अहिले ५ लाखभन्दा बढी बिक्री भएको जनाइएको छ ।

फिफाका अनुसार समूह चरणमा क्यामरुनविरुद्ध ब्राजिल, ब्राजिलविरुद्ध सर्बिया, पोर्चुगलविरुद्ध उरुग्वे, कोस्टारिकाविरुद्ध जर्मनी र अष्ट्रेलियाविरुद्ध डेनमार्क जस्ता खेलका लागि सबैभन्दा बढी टिकट छुट्याइएको छ ।

“कतार, साउदी अरेबिया, अमेरिका, मेक्सिको, संयक्त अरब इमिरेट्स, इङ्गल्याण्ड, अर्जेन्टिना, ब्राजिल, वेल्स र अष्ट्रेलियामा बसोबास गर्ने समर्थकहरूले सबैभन्दा धेरै टिकटहरू सुरक्षित गरेका छन्,’’ फिफाले जनाएको छ ।

अर्को चरणको टिकट बिक्री खुला सेप्टेम्बरको अन्त्यमा घोषणा गरिने फिफाले बताएको छ । अन्तिम चरणको बिक्री पश्चात कतारको दोहामा ‘ओभर–द–काउन्टर’ बिक्री पनि सुरु हुने फिफाले बताएको छ ।

फिफाले विश्वकपको उद्घाटन खेल पूर्व निर्धारित सयमभन्दा एक दिन आगाडि सारेको छ । जसअनुसार आयोजक राष्ट्र कतारले नोभेम्बर २० आइतवार इक्वेडरबिरूद्धको खेलबाट प्रतियोगिता सुरु हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here