दीपा न्यौपानेले इन्डियन महिला लिग छनोट खेल्ने


२५ श्रावण २०७९, बुधबार १४:०५ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएकी छन् ।

नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय महिला लिग छनोट खेल्न आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गरेकी हुन्।

दीपाले केरेला प्रिमियर लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला प्रिमियर लिगको विजेता महिला लिगमा छनोट हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन् ।

डन बोस्कोले आफ्नो पहिलो खेलमा बिहीबार लड्र्स पीआरविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here