काठमाडौं । काठमाडौंको फोहोर लिएर गएका १८ वटा गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ ।
गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडीमा तोडफोड गरिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार तीन दिनयता फोहोर विसर्जनमा बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । सडक मर्मतका लागि खटाइएको डोजरमा पनि तोडफोड गरिएको छ ।
विगत लामो समयदेखि स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । भदौ १ गतेदेखि सधैँका लागि ल्यान्डफिल साइटमा फोहोर लैजान नदिने घोषणा पनि स्थानीयले गरिसकेका छन् ।





