काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम रहेको थियो ।





