तलब वृद्धि अवैज्ञानिक भएको भन्दै नायव सुब्बाद्धारा अर्थमन्त्रालयमा धर्ना


२३ श्रावण २०७९, सोमबार १५:१८ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका भित्र कार्यरत नायव सुब्बाहरुले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन् ।

सरकारले चालु वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरुले अर्थमन्त्रालयमा धर्ना दिएका हुन् । त्यस्तै उनीहरुले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्र्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् । यसैबीच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पुरा गर्ने आश्वासन दिनुभएको छ ।

कर्मचारी संगठनका पदाधिकारीसंगको छलफलका क्रममा मन्त्री शर्माले तलब वृद्धिका साथै मर्यादाक्रम लगायतका विषयहरु पनि मिलाउने बताउनुभएको छलफलमा सहभागी कर्मचारीहरुले जानकारी दिएका छन् ।

कर्मचारीहरुले भने आफ्ना माग पुरा नभए मंगलबार सामूहिक विदा बस्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here