आफू मन्त्रीमा रहँदा भएका निर्णयलाई उल्टाउन खोजिएकोमा झाँक्रीको आपत्ती


२३ श्रावण २०७९, सोमबार १४:५९ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकास मन्त्रालयमा रहँदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ती जनाउनुभएको हो । उहाँले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले एउटै पार्टीमा रहेका व्यक्तिबीचको बिचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गर्नुभयो । उहाँले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै बिकास निर्माणका बिषयमा बिभिन्न नीतिहरु परिमार्जनको प्रयास गरेको बताउनुभयो ।

झाँक्रीले असारको अन्तिम समयमा बजेट सिद्धाउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस बिषयमा पनि आफू मन्त्रालयमा रहँदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here