सत्ता गठबन्धनको कार्यदलको बैठक बस्न अघि कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै


२३ श्रावण २०७९, सोमबार ०९:३२ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ ।

देउवाले सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठकअघि शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनु भएको हो ।

आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका नेताहरुको बैठक बस्न लागेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लाग्नुभएको हो ।

सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक दिउँसो बस्दैछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here