काठमाडौं । राष्ट्रिय सभाको बैठक संसद भवन नयाँ बनेश्वरमा आज बस्दैछ । १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ।
यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।





