ठगी काण्डमा मुछिएपछि हिमशिखर टेलिभिजनद्वारा समाचार संयोजक पराजुली बर्खास्त


१७ श्रावण २०७९, मंगलवार १६:१८ मा प्रकाशित

झापा । ठगी मुद्दामा जोडिएपछि झापाको दमकमा रहेको हिमशिखर टेलिभिजनका समाचार संयोजक भूमिराज पराजुलीलाई बर्खास्त गरिएको टेलिभिजनले जनाएको छ ।

पराजुलीबिरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पूर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले आग्रह गरको थियो ।

सो घटना बाहिरिनु अघि नै उनलाई सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरिएको टिलिभिजनद्वारा जारी सूचनामा जनाइएको छ ।
पराजुली निर्दोष सावित नहुन्जेलसम्मका लागि बर्खास्त गरिएको हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेद्वारा हस्ताक्षर गरिएको सूचनामा जनाइएको छ ।

पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेसंगै विभागले पराजुलीलाई पक्राउ गर्न पत्रचार गरेको थियो ।

वैदेशिक रोजगार विभागमा असार २० गते पराजुलीविरुद्ध उजुरी परेको र उजुरीका आधारमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो । विभागका अनुसन्धान अधिकृत कृष्णकुमारी भण्डारीद्वारा हस्ताक्षरित पत्रमा दमक–१० (५) बस्ने ३२ वर्षीय पराजुलीलाई पक्राउ पुर्जी जारी गर्दै निजको मेडिकल गराई विभागमा उपस्थित गराई दिन भनिएको छ ।

पत्रकार पराजुलीले युरोप मुलुक रोमानिया पठाउने भन्दै झापाको दमक, पाँडाजुगी, बिर्तामोड, भद्रपुर, इलाम र मोरङको बेलवारीका १४ जनाभन्दा बढीबाट जनही ३ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुले बताएका छन् ।
पराजुलीमाथि रोमानिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा ठगी गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here