काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गर्नुभएको छ ।
मंगलबार भैरहवामा सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चूनावी मोर्चा बनाउने बनाउनुभयो । उहाँले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पार्नुभयो । आफूसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समााजवादीसंग पार्टी एकता र माओवादीसंग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताउनुभयो । उहाँँले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताउनुभयो ।
गौतमले सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गर्नुभयो ।





