विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न नेकपा एमाको माग


१७ श्रावण २०७९, मंगलवार १५:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको बिशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गर्नुभएको हो ।

केपी ओलीको सरकारले बिद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र उक्त सहमति पालना हुनुपर्नेमा जोड दिनुभयो । उहाले कारवाहीको नाममा विप्लव समहूलाई पुनः हिंसामा जान दिन नहुने बताउनुभयो ।

भट्टराईले तत्काल नेकपाका नेताहरुमाथिको कारवाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरुलाई काटेको पक्राउ पूर्जि फिर्ता लिन माग गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारसंग गरेको सहमति कार्यान्वयन गर्दै विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताउनुभयो ।

यसअघि बैठकको शुन्य समयमा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदील विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउदै सरकारसंग भएको सहमति कार्यान्वयन नभएको बताउनुभयो । जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here