वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाए


३० चैत्र २०८२, सोमबार ११:२९ मा प्रकाशित


काठमाडौं ।  वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरूले २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याज दिनेछन् ।  


चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो भने संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो । वैशाख महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ ।

सो बैंकले वैशाखमा व्यक्तिगततर्फ ४.१५ प्रतिशत ब्याज दिनेछ । ब्याजदर घटाउने बैंकहरुमध्ये एभरेष्ट बैंकले वैशाखमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत, कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर दिनेछन् ।


यस्तै, नेपाल बैंक, एसबीआई, सानिमा लगायता बैंकले चैतको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । वैशाखमा नेपाल बैंक ४.५ प्रतिशत, नेपाल एसबीआई बैंक ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंक ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर दिनेछ भने, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत दिनेछ । 


त्यस्तै, एनएमबि बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here