काठमाडौं । सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रश्ताव गरेको छ ।
आईतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा नियमावली, २०७८ संशोधन सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सो जानकारी दिनुभएको हो ।
उच्च अदालतमा पुनरावेदनमा जान सक्ने गरी सो सम्बन्धि मुद्दा बाल अदालतमा नै हेर्ने व्यवस्था गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
त्यसैगरी सो सम्बन्धि संशोधन प्रश्तावमा कुनै व्यक्ति वा संस्थाले झुटो विवरण पेश गरी बालबालिकालाई बाल गृहमा राखेको पाइएमा प्रतिबालिबालिका ५० हजार जरिवाना गर्ने व्यवस्था पनि गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाले सो सम्बन्धि प्रस्तावमा आफ्नो राय, सुझाव दिनका लागि विज्ञहरुलाई आग्रह समेत गर्र्नुभयो ।






