भूकम्पका कारण खोटाङ र भोजपुरका केही घरमा क्षति


१५ श्रावण २०७९, आईतवार १०:५१ मा प्रकाशित

काठमाडौं । आइतबार बिहान गएको भूकम्पका कारण खोटाङ र भोजपुरका केही घरमा क्षति भएको छ ।

खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ वटा र खोटाङमा एउटा घर भत्किएका छन् ।

भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर भत्केर क्षतिग्रस्त भएको भोजपुर प्रहरीले जनाएको छ ।

यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा घर भत्किएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

पूर्वी नेपालमा भूकम्पको जोडदार धक्का महसुश गरिएको र १ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका र आपसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here