साफ यू-२० च्याम्पियनसिप फुटबलः नेपाल र भारतबीचको खेल आज हुँदै


१५ श्रावण २०७९, आईतवार ०७:३२ मा प्रकाशित

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजेबाट सुरु हुनेछ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। तर, यता, भारत नेपालविरूद्व जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा हुने छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्धको खेलका लागि कुनै विशेष तयारी भने नगरेको बताए।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल हराएको थियोे।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ।

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ। भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। भारत पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भएको थियोे। तर, दोस्रो खेलमा भने श्रीलंकालाई ४-० ले हराएको थियोे।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here