पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग


२७ जेष्ठ २०७६, सोमबार १५:१९ मा प्रकाशित

भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ ।

भारत सरकारले नेपालमा पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न पूर्वप्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरेको हो । सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा.युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । उक्त रकम नुवाकोट र गोरखामा निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने जनाइएको छ ।

यसअघि पनि भारतले नेपालको पुननिर्माणका लागी रु २ अवए १० करोड रुपैया प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here