आज कहाँ-कहाँ पानी पर्छ ?


१० श्रावण २०७९, मंगलवार ०७:३३ मा प्रकाशित

काठमाडौं । अहिले प्रदेश १, वागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।

दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का केही क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

अबको २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले उक्त भू-भागहरुमा पहिरो र नदी नाला तथा खहरे खोला बाढीको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here