पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको  मृत्यु


८ श्रावण २०७९, आईतवार १८:०३ मा प्रकाशित

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here