गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पास गराएकोमा नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठको आपत्ति


८ श्रावण २०७९, आईतवार १७:५५ मा प्रकाशित

काठमाण्डौ ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारूढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो ।

आज आइतवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको भन्दै गुनासो गर्नुभयो । दलहरूमा वैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ रु यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले विधेयक पारित गर्नुअघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त । आफ्नो पार्टीमा पनि राखे । त्यो पारित भएपछि किन गलत छ भनेर मैले सार्वजनिक बहस गरिसके । वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो ।’

नेता श्रेष्ठले दलहरूले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि देशको राष्ट्रियता खतरामा पर्दै गएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here