भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्यापिँदा भक्तपुर वडा नम्बर २ बस्ने २५ वर्षका विशेष खर्बुजासहित तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाएका बाँकी दुई जनाको परिचय खुल्न सकेको छैन । काठमाण्डौबाट भक्तपुरका लागि छुटेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर लागेको हो ।
घाइतेहरूको भक्तपुरकै विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।अहिले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको उद्धार टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्नुका साथै ढलेको रुख र च्यापिएको सवारीसाधन हटाउने काम भइरहेको छ ।





