जनकपुरधाम । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ । हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरी कार्यलयले जनाएको छ ।
नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ । हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेकाबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





