Thursday, 05 November 2026
Suryodaya Online
१९ कात्तिक २०८३, बिहीबार
विज्ञापन

एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Suryodaya Online TV

१९ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । पछिल्लो मूल्यवृद्धिसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुतर्फ उक्लिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private