Thursday, 05 November 2026
Suryodaya Online
१९ कात्तिक २०८३, बिहीबार
विज्ञापन

साइबर ब्युरोको निर्देशनपछि शिवाकोटीको प्रतिक्रिया : ‘सत्तासँग डराइन्न’

Suryodaya Online TV

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर ब्युरोले उनलाई बोलाएको हो ।

शिवाकोटीले आफू धार्मिक यात्राका क्रममा भारत गएको र अहिले इलाम आइपुगेको जानकारी दिएका छन् । प्रहरीले आफ्नो फोनमा सम्पर्क गर्न नसकेपछि निकट साथीमार्फत सन्देश पठाएर उपस्थित हुन भनेको उनले बताए ।

‘म केही दिन धार्मिक यात्रामा भारततर्फ गएको थिएँ । अहिले इलाम आइपुगेको छु । मेरो फोन नलगेका कारण निकट साथीलाई म्यासेज पठाएर मलाई उपस्थित गराइदिनु भनेको रहेछ,’ उनले अनलाइनखबरसँग भने, ‘तर्साउन खोजेको होला । सत्तासँग डराइन्नँ ।’

उनले काठमाडौं फर्किएपछि यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्ने बताए ।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले आजै पार्टी पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयसँगै शिवाकोटीलाई साइबर ब्युरोले बोलाएको विषयले पनि प्रवेश पाउने सम्भावना छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private