कांग्रेसका केन्द्रीय बिभागका प्रमुख न्यायधिश थिए : ओली


६ श्रावण २०७९, शुक्रबार १९:३४ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय बिभागका प्रमुख न्यायधिश रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालय लगाएत बिभिन्न स्थानमा कांग्रेसका मान्छेहरु रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताउनुभएको हो ।

उहाँले रिटाएर भइसकेका मान्छेलाई फकाई पदमा राखेर कांग्रेसले मुलुकमा बेतिथि खडा गरेको आरोप लगाउनुभयो । एमालेले गर्भनर र एम अधिकारी फरक व्यक्ति भएको भन्दा भन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उहाँको भनाइ छ । ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गर्नुभयो ।

त्यस्तै उहाँले चूनावलाई लक्षित गर्दै सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप समेत लगाउनुभयो । उहाँले मुलुकको आर्थिक अवस्था समस्यामा परेको भन्दै न्युनतम आधारभूत वस्तुहरु स्वदेशमा नै गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले एमालेले सदैव निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here