बिदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको छ : शेरबहादुर कुँवर


६ श्रावण २०७९, शुक्रबार १८:३५ मा प्रकाशित

काठमाडौँ । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बिदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताउनुभएको छ ।

शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको बैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु बिषय कार्यक्रममा मन्त्री कुँवरले बैदेशिक रोजगारमा गएका नेपालीहरुको शव बिदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भएपनि नेपाल ल्याउने पहल भइरहेको बताउनुभएको हो । ऐन कानून नभएपनि मानव संवेदनशिलताका हिसावले राज्यले शव ल्याउने उहाँको भनाइ छ ।

त्यस्तै उहाँले बिदेश जाने श्रमिकहरुलाई ठगि हुनबाट रोकिने स्पष्ट पार्नुभयो । सामाजिक सुरक्षा कोषको दायरालाई बढाउदै बैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उहाँले बताउनुभयो । उहाँले बिदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पूजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here