सरकार मुलुकका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको छ -प्रधानमन्त्री


२४ जेष्ठ २०७६, शुक्रबार १७:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनु भएको छ ।
शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ गर्दे गर्दै प्रधानमन्त्री ओलीले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताउनुभयो । काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देशमै रोजगारी दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो ।

मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उहाँले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताउनुभयो । रोजगार कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । करीब एक हजार ५ सय युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here