संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो ।दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ ।
दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीले समाचारमा उल्लेख गरेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।





