कैलालीमा गएराति आएको विनाशकारी हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ७६ जना घाइते भएका छन्।
घटनामा चार जना गम्भीर घाइते भएका छन्।ती मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।मृत्यु हुनेमा टिकापुर नगरपालिका २ मा पोल्टटी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर ठोकिदाँ अर्का एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक गोदावरी ८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरी रहेको जनाईएको छ ।
हावाहुरीका कारण विद्युत टेलिफोन सेवा अवरुद्ध छ भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।केही महिना अघि बारा र पर्सामा आएको हावाहुरीबाट ठुलो जनधनको क्षति भएको थियो ।





