साहित्य चौतारीको २३औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न


३१ असार २०७९, शुक्रबार १९:२५ मा प्रकाशित

 भरत प्रसाई । साहित्य चौतारी झापाको २३ औ वार्षिक उत्सव शुक्रबार सम्मान तथा बिभिद कार्यक्रम गर्दै सम्पन्न भएको छ ।चौतारीले २३ वर्ष पुरा भएको उपलक्षयमा संगितकार कुशेश्वर राईलाई विशिष्ट गीत तथा संगीतसेवाद्वारा सम्मान गरिएको छ ।

पुर्वमा शास्त्रिय संगितलाई सुभारम्भ गर्ने व्यक्तिका रुपमा परिचित राईले गीत र संगीतका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

विराटनगर ११ मा बसोवास गर्दै आउनु भएका राई विगत २३ बर्ष देखी पुर्वीय लोक भाका, शास्त्रिय संगितको बृद्वि विकासमा निरन्तर साधनारत रहनु भएको छ ।

उहाँ धेरै साहित्यिक संघ सस्थामा संलग्न रहनु भएको छ । दर्जन भन्दा बढी स्थानिय तथा राष्ट्रिय संघ सस्थाबाट लोक र शास्त्रिय संगितमा पु¥याउनुभएको योगदान स्वरुप उहाँ सम्मानित भईसक्नु भएको छ । साहित्य चौतारीका उपाध्यक्ष दिपक रायमाझीले राईको जीवनी पढेर सुनाउनु भएको थियो ।

कार्यक्रम हुनु भन्दा अगाडी सिंह बाहिनी महिला समूहले झाकी सहित प्रभात फेरी गर्दै नगर परिक्रमा गरेको थियो । चौतारीका अध्यक्ष तथा संगितकार हस्त परीयारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, देवी प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा परीयारले गएको एक वर्षको प्रतिवेदन पेश गर्नु भएको थियो, भने संस्थापक देवी भक्त श्रेष्ठले रामायणको श्लोकले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मोरिक कला केन्द र साधना कला केन्द्रका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए । इलामका साहित्यकार जयनारायण भटट्राईले गजल कविता, शास्त्रिय संगितकार कुशेश्वर राईले शास्त्रिय राग र शिव अधिकारी इलामेली जेठोले कविता बाचन गर्नु भएको थियो ।

२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले गएको २३ बर्षमा विभिन्न साहित्यकार, गायक, लेखक र कवी यो राष्ट्रलाई दिएको छ । भाषा, कला र सस्कृतिको क्षेत्रमा सितल छहारीको काम गर्दै आएको यस झापाको संस्था झापाकै पुरानो सस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here