आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाव लिएर जनतामाझ जान्छौँ : सुवास नेम्वाङ


३१ असार २०७९, शुक्रबार १८:३३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाव लिएर जनतामाझ जाने बताउनुभएको छ ।

शुक्रबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरुको बहिखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसावकिताव बुझाउने तर्क गर्नुभयो । उहाँले सरकारले गलत गरेका धेरै कामहरु रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताउनुभयो ।

नेम्वाङले अव समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहाना राखेको धारणा राख्नुभयो ।

त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गर्नुभयो । केहि महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले बिधि पुराउनका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उहाँको भनाइ छ ।

उहाँले संसदीय अभ्यासमा बिकृति पैदा भएको समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here