काठमाडौँ । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
उपसभामुखमा विजयी भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसदको सबै पदहरुले पूर्णता पाएको भन्दै आफूले जिम्मेवारीपूर्वक पदिय दायित्व पुरा गर्ने बताउनुभएको हो ।
उहाँले संसदको सबै पदहरुले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन भएको बताउनुभयो । उपसभामुख भुसालले संवैधानिक परिषद्को सदस्यको रुपमा समेत आफूले इमान्दारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।
उहाँले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।





