काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल निर्वाचित हुनुभएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्पन्न मतदान प्रक्रियाबाट भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको हो। उहाँले संसदमा १४८ मत पाउनु भएको छ ।
प्रतिनिधिसभाले करिब तीन वर्षपछि उपसभामुख पाएको हो।
उपसभामुख पदको दौडमा रहनु भएकी नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई बधाई दिनु भएको छ ।





