सुनको भाउ ८ सय रुपैयाँले घट्यो


३१ असार २०७९, शुक्रबार १२:५८ मा प्रकाशित

काठमाडौँ । हप्ताको अन्तिम दिन आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here