नबिल र नेपाल बंगलादेश बैंक मर्ज भइ एकीकृत कारोबार शुरु


२७ असार २०७९, सोमबार १९:१९ मा प्रकाशित

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच औपचारिक रुपमा मर्ज भइ एकीकृत कारोबार शुरु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित बिशेष कार्यक्रमकाबीच दुई बैंकले नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन गरको घोषणा गरेको हो । क वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो ।

यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा आग्रणी स्थानमा रहने बताउनुभयो । उहाँले बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको स्पष्ट पार्नुभयो ।

मर्जरसंगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा स्थापीत भएको छ । यसअघि असार १५ गते बसेको दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here